‘मलाई ओली –नेपाल दुवै नेताको साथ रहेको छ’ : अष्टलक्ष्मी शाक्य


काठमाडौँ, ६ भाद्र । बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी अध्यक्ष ओली र नेता नेपालको सल्लाहमै मुख्यमन्त्री बनेको बताएकी छिन् । नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी नेतृ शाक्यले नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

नेतृ शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरूको साथ र सहमति रहेको छ । बाहिर आए जे हल्ला आएको छ त्यो गलत छ ।’ 

मुख्यमन्त्री शाक्यले आफू पार्टी एकताको पक्षमा रहेकोले यो एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने उनको जोड रहेको थियो । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नु पर्छ । नेतृ शाक्यले आफू सबैको सल्लाह लिएर अगि बढ्ने, सरकार सञ्चालनमा पनि सल्लाह लिएर अघि  बढ्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्