माओवादी केन्द्रले तोक्यो रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज


काठमाडौँ, ७ भाद्र । नेकपा (माओवादी केन्द्र) ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्लाका  इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तोकेको हो । 

साथैआइतबारकै बैठकले सबै जिल्लामा इन्चार्ज र विभागको प्रमुख समेत तोकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरू, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रूपान्तरण गरिएको छ, इन्चार्जहरू तोक्ने काम भएको छ । त्यसै गरी पार्टीका विभिन्न विभागहरूको प्रमुखहरू तोक्ने काम भएको छ ।’

साथै नेकपा माओवादी केन्द्र बिचार मिल्नेहरू शक्तिहरूसँगको एकता गर्नु पर्ने कुरामा जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्