आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


बेलबारी, ७ भाद्र । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलबारीबाट एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिकाका ५१ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले पक्राउ परेका बाबुले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप रहेको, पक्राउ परेका पुरुषले २०७७ साल माघ २० गते राति आफ्नै घरमा छोरीलाई डर र त्रास देखाएर बलात्कार गरेको किटानी उजुरी परेको बताए । पक्राउ परेका पुरुष पूर्वजम्दार रहेको खुलेको छ । 

प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले पीडित बालिकाको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइएको र पक्राउ परेका ती पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्