मकैवारिमा मृत अवस्थामा भेटिइन बेलबारीकी ५८ वर्षी महिला


बेलबारी, ७ भाद्र । मोरङको बेलबारीमा एक जना महिला मकैवारिमा मृत अवस्थामा भेटिएकी छिन् । बेलबारी नगरपालिका–११ जुराहमा मृत अवस्थामा भेटिएकी सोही वडाकी ५८ वर्षीया कविता बुढाथोकी रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बेलबारी–११ की ५८ वर्षीया कविता बुढाथोकीलाई घरनजिकको मकैवारिमा मृत फेला पारिएको बताएका छन् । बारीमा मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत महिला परिवारका सदस्यबाट अलग भएर एक्लै बस्दै आएकोले उनको मृत्युको कारण भने खुलेको छैन । 

शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्