प्रदीप नेपालले नवगठित नेकपा एकीकृत समाजवादीलाई नै रोजे


काठमाडौँ, ९ भाद्र । यसअघि आफू स्वतन्त्र रहेको बताउँदै आएका एमाले नेता प्रदीप नेपाल नवगठित दल नेकपा एकीकृत समाजवादीको कित्तामा उभिएका छन् । निर्वाचन आयोगमा आएर सनाखत गरेसँगै उनी नयाँ दलमा रहेको प्रस्ट भएको छ । 

२ भदौमा एकीकृत समाजवादी दर्ताका लागि दिएको निवेदनमा उनको नाम नहुँदा नेपाल एमालेको मूलधारमै रहेको अनुमान गरिएको थियो तर बुधवार भने उनी एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । उनी एमालेको सङ्गठन एक निर्णायक रूपमा चिनिने नेपाल पछिल्लो समय राजनैतिक रूपमा निष्क्रिय रहँदै आएका छन् । 

निर्वाचन आयोगले नयाँ दलमा उभिनेले बुधवार नागरिकताको परिचय पत्र सहित उपस्थित हुन भनेको थियो । सोही प्रयोजनका लागि नेताहरू निर्वाचन आयोगमा पुगिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्