विक्रम तामाङको संयोजकत्वमा नेपाल खेलकुद महासङ्घ बेलबारी गठन


बेलबारी, ९ भाद्र । विक्रम तामाङको संयोजकत्वमा बेलबारीमा नेपाल खेलकुद महासङ्घ बेलबारी नगर कमिटी गठन भएको छ । बेलबारी नगरपालिका १ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा भएको एक भेलाले ६५ सदस्यीय नेपाल खेलकुद महासङ्घ बेलबारी नगर कमिटी गठन गरेको हो । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, नेकपा एमाले बेलबारी अध्यक्ष तथा राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष रबिन थापा, महासङ्घका स्थायी कमिटी सदस्य एवं प्रदेश संयोजक रोहित कोइराला, महासङ्घ जिल्ला संयोजक सुरज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

नवगठित कमिटीको उपाध्यक्षमा रुबिना बाँस्तोला, सचिवमा रिना बस्नेत, सहसचिवमा सन्तोष पिठाकोटे मगर र कोषाध्यक्षमा चित्रबहादुर बस्नेत रहेको नेपाल खेलकुद महासङ्घ केन्द्रीय सदस्य शीतल रायले जानकारी दिएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्