‘लोसपा’का लागि १४ सांसद र १७ केन्द्रीय सदस्यको सनाखत


काठमाडौँ, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’का लागि १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरूले सनाखत गरेका छन् । बुधवार निर्वाचन आयोगमा गएर ती सङ्ख्याका सांसद तथा केन्द्रीय सदस्यहरूले सनाखत गरेका हुन् । 

जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरूले अलग दल लोकतान्त्रिक समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले बुधवार सनाखत गर्न नेताहरूलाई बोलाएको थियो । 

बुधवारको सनाखतसँगै जनता समाजवादी पार्टीबाट फुटेर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्