सुन्दरहरैँचाको कर्जुनामा कृषकलाई कृषि यान्त्रिक सामग्री वितरण


सुन्दरहरैँचा, ९ भाद्र । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चक्लाबन्दी खेती कार्यक्रम अन्तरगत सुन्दरहरैँमामा कृषि यान्त्रिक सामग्री वितरण गरिएको छ ।  युवा कृषि सहकारी संस्था सुन्दरहरैँचा –११, कर्जुनाको व्यवस्थापन र सङ्घीय सरकारको कार्यक्रम अनुसार  ५० प्रतिशत अनुदानमा तीनदर्जनजति कृषकलाई कृषि यान्त्रिक सामग्री वितरण गरिएको हो । 

बुधवार उधोग पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, सुन्दररहैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले संयुक्त रूपमा कृषकहरूलाई कृषि औजार हस्तान्तरण गरेका छन् । 

कृषि औजार वितरण कार्यक्रक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि उधोग पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले कृषि पेसामा आबद्ध मानिसले उचित सम्मान नपाएकोमा दुःख व्यक्त गर्दै सबैभन्दा बढी सम्मानको हकदार कृषक नै भएको बताएका छन् । प्रमुख अतिथि ओझाले वितरित यी औजारले कृषकलाई आफ्नो व्यवसाय प्रवर्धनमा ठूलो फाइदा पुग्ने आसा व्यक्त गरे । साथै राज्यद्वारा प्राप्त सहयोग वास्तविक किसानले पाउनु पर्नेमा जोड दिए । 

सो अवसरमा सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धना तामाङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर घिमिरे, प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख विनोद मण्डल आदिले कृषिकर्मको बारेमा आ–आफ्ना धारण राखेका थिए ।  

सो अवसरमा दुईवटा हाते ट्याक्टर, दुई थान धान मकै पिस्ने मिसिन, ३० थान कोदालो, २ थान पिठो पिस्ने मिसिन, ३ थान धान काट्ने मिसिन, १० थान कुटे, २ थान ब्रस कटर मिसिन गरेर ६ लाख ५२ हजार बराबरको कृषि सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । 

संस्थाका उपाध्यक्ष लेखनाथ भट्टराईले कार्यक्रम र वितरण हुने कृषि औजारको बारेमा जानकारी गराएका थिए । संस्थाका अध्यक्ष गोपाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव छत्रबहादुर काफ्लेको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्