१ नं प्रदेशमा शेरधन राईको राजीनामा, भीम आचार्य प्रदेश प्रमुखमा नियुक्त


मोरङ, १० भाद्र । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै एमालेकै नेता भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले आचार्यलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

बिहीबार बसेको प्रदेश–१ संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको थियो । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै पद तथा गोपनिताको शपथसमेत लिएका छन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै कम्तीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । 

यता निवर्तमान मुख्यमन्त्री राईले भने आफूले पार्टीको एकतालाई बचाउन राजीनामा दिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्