रहेनन् दोस्रो विश्वयुद्धका नायक १०२ वर्षीय इन्द्रबहादुर लिम्बू


इटहरी, १० भाद्र । दोस्रो विश्वयुद्धका नायकका रूपमा चिनिने इन्द्रबहादुर लिम्बूको मृत्यु भएको छ । इटहरी २० तरहराका १०२ वर्षीय इन्द्रबहादुर लिम्बूको मङ्गलवार निधन भएको हो ।

सन् १९४१ मा बेलायती फौजमा भर्ती भएर दोस्रो विश्वयुद्धमासमेत सहभागी भएका लिम्बू १८ वर्षको उमेरमै ब्रिटिस आर्मीमा भर्ती भएका थिए । उनले बेलायती सेनामा २८ वर्ष सेवा गरेका थिए । वि.सं. २०२५ सालदेखि साबिकको हाँसपोसा, हाल तरहरामा बसोबास गर्न थालेका उनलाई यहाँका नयाँपुस्ताले विश्वयुद्धको नायकका रूपमा लिने गर्छन् ।

उनी बेलायतकी महारानी एलिजाबेद द्वितीयद्वारा सम्मानितसमेत भएका थिए ।  श्रीमती, पाँच छोरा, ८ छोरीका पिता लिम्बूको बुधवार अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्