नवलपरासी हुप्सेकोटको पहिरोमा परी एकै घरका तीन जना बेपत्ता


नवलपरासी, ११ भाद्र । नवलपरासीमा गएको पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएको पहिरोमा परेर नवलपरासी हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् ।

पहिरोमा परेर बेपत्ता हुनेमा हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी रहेको वडा अध्यक्ष रोशन थापाले बताएका छन् । वडा अध्यक्ष थापाले एक जनालाई पहिरोबाट गम्भीर अवस्थामा उद्धार गरिएको र सुरक्षाकर्मीको टोली अहिले घटनास्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी गरिरहेको बताएका छन् ।

अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्