बेलबारी प्रहरीद्वारा लागुऔषद मुद्धाका फरार प्रतिवादी पक्राउ


बेलबारी, ११ भाद्र । बेलबारी प्रहरीले लागु औषध मुद्धाका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं–५ का लव नारायण माझी रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बेलबारी –५ का ६१ वर्षी राज नारायण भन्ने लव नारायण माझीलाई भाद्र १० गते निजकै धरबाट पक्राउ गरिएको बताएका छन् । निरीक्षक खनालका अनुसार माझीलाई मोरङ जिल्ला अदालतको मिति २०७५-०९-०५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार जरिवानाको फैसला गरेको भए पनि उनी फरार रहँदै आएका थिए ।माझीलाई प्रहरीले बिहीवार आफ्नै घरबाट अवैध लागु औषध गाँजा ४ केजी ३०० ग्राम, नगद ५० हजार नगद र एउटा मोबायलसहित पक्राउ गरेको छ । 

पक्राउ परेका माझीविरुद्ध मोरङ जिल्ला अदालतबाट लागु औषध कसुरमा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्