बेलबारीका सामाजिक व्यक्तित्व अनन्त सुवेदीको मृत्यु


बेलबारी, १२ भाद्र । बेलबारीका अग्रज, सामाजिक व्यक्तित्व अनन्त सुवेदीको निधन भएको छ । केही साताअघिदेखि अस्वस्थ भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत सुवेदीको शुक्रवार ६० वर्षको उमेरमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारी र मालपोत कार्यालयको जग्गा दान गरेका सुवेदी कृषि तथा व्यापार व्यवसायमा संलग्न रहँदै आएका थिए । स्वर्गीय सुवेदीका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् ।

सुवेदीको शनिवार बिहान लोहन्द्राघाटमा अन्त्येष्टि गरिने उनका माहिला दाजु अम्मर बहादुर सुवेदीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्