अवैध सखुवाका काठसहित बेलबारीबाट दुई जना पक्राउ


बेलबारी, १२ भाद्र । प्रहरीले बेलबारीबाट अवैध सखुवाका काठसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ३ का वर्ष ३८ का दलबहादुर तामाङ र केराबारी गाउँपालिका वडा नं ८ का वर्ष ४० का जितबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले तामाङ द्वयलाई बा.२१ च.१८२९ नम्बरको सेतो बोलेरो पिकमा अन्दाजी ३८.५ क्यू.फिट अवैध सखुवाको काठसहित बेलबारी नगरपालिका वडा नं.–३ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जनाएका छन् । 

नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सलकपुरमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्