देशभर ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन मौसमविद्को सुझाव


काठमाडौँ, ११ असोज । आज (शनिवार) देशभर ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जानकारी गराएका छन् ।
मौसम बदली भई हिजो–अस्तिको भन्दा मनसुन थप सक्रिय भएकाले देशभरकै आकाशमा बादल लाग्ने र धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् ।

बाढी र पहिरोको जोखिम रहेको भन्दै उनले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन कँडेलले सुझाव दिएकी छन् । सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उनले बताइन छन् ।

सडक यातायातको प्रयोगमा दसैँका लागि घर फर्कनले यात्रुहरूलाई वर्षाका कारण पहिरो समेत जान सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूको आग्रह गरेका छ । मनसुनको सक्रियता हेर्दा यस वर्ष दसैँमा झरी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

साबिकअनुसार यस वर्षको मनसुनको समय अवधि ३ दिन नै सकिएता पनि मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले जनाएका छन् ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिनु पर्नमा विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्