दोस्रो पुस्ताप्रति माधवको गुनासो : ओलीलाई फाल्न अघि बढ भने, फर्केर हेर्दा भागिसकेछन्


काठमाडौं, १२ भाद्र । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले मैदान छाडेर भागेको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल बागमती प्रदेशले आज (शनिवार) आयोजना गरेको ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो गुनासो व्यक्त गरेका हुन् । ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, उनले भने,‘’उनीहरूले भनेपछि ओलीलाई सांसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसद्को गतिविधिमा भाग नलिएर बहिष्कार ग¥यौँ । त्यही कारण ओलीले सत्ता पनि छाड्नु प¥यो ।’

नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरूले नै खुट्टा कमाएर हिँडेको पनि बताए । ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए’, दोस्रो पुस्ताका नेताबारे उनले थपे, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन । सबै खुट्टा कमाएर हिँडिसकेछन् ।’


एमाले विभाजनलाई उनले एउटा सामान्य घटना भएको बताए । ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन् । केही केही व्यक्तिहरू पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसन्चो भइरहेको छ भनिरहेको छ । अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ । घाँडो पन्छियो भनिरहेका छन् ।’
उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको स्पष्ट पारे । ‘ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने सङ्केत नदेखिएपछि विद्रोह गरेका हौँ’, उनले भने, ‘सहमतिलाई नक्कली सहमतिको जामा पहि¥याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन । प्रतिगमनको बाटोमा नजान पटक–पटक आग्रह ग¥यौँ । तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौँ ।’

अध्यक्ष नेपालले माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको पनि बताए । ‘माथिकाले छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन्’, उनले भने, ‘त्यसैले मलाई जोस बढेको छ । दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु । दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाई दिएर म बिदा हुन्छु ।’


उनले ओलीविरुद्ध आफूहरूले चलाएको यो अभियान पदको लडाइँ नभएको बताए । ‘पुष्पलालले केसर जङ्गसँग विद्रोह गरेर नयाँ पार्टी बनाए । हामीले पनि पुष्पलाललाई पनि छाड्यौँ’, उनले थपे, ‘एक कार्यकाल भन्दा बढी म पार्टीको अध्यक्ष पदमा बस्ने छैन । अरू जस्तो नक्कली छैन । एउटा कार्यकाल मात्रै बस्छु, ओली जस्तो होइन । (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्