फेला परेनन् बक्राहा खोलामा हामफालेका मण्डल


मोरङ, १३ भाद्र । बक्राहा खोलामा हामफालेका एक जना युवालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा रङेली नगरपालिका–७ का २९ वर्षीय सुरेश मण्डल रहेको मोरङ प्रहरीले बताएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार शनिवार पुलबाट आफै खोलामा हामफालेका रङेली नगरपालिका–७ का २९ वर्षीय सुरेश मण्डललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । मादक पदार्थ सेवन गरेका मण्डलले दिउँसो २ बजेतिर पुलबाट बक्राहा खोलामा हाम फालेको श्रेष्ठको भनाइ छ । 

प्रहरीले स्थानीयको सहयोगमा खोजी जारी राखे पछि पुलबाट हामाफाल्नसाथ खोलाले बगाएर बेपत्ता भएका मण्डललाई फेला पार्न नसकिएको डिएसपी श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्