मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल हुँदै


काठमाडौँ, १३ भाद्र । मन्त्रिपरिषद् विस्तारबारे सरकारमा सामेल मुख्य तीन दल काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबिच छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

अहिले भइरहेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधव रहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुको छलफल चलिरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराएका छन् ।

शीर्ष नेताबिच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिका विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । यसअघि शनिवार पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्