एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन


काठमाडौँ, १३ भाद्र । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा अध्यक्षको रूपमा चयन गरेको हो ।

सर्वसम्मत रूपमा दलको नेता चयन पश्चात् नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै कुनै पार्टीसँग एकता हुने कुरा नरहेको बताएका छन् । एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टीको पहिलो संसदीय दलको बैठकलाई आइतवार बानेश्वरमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका छन् । 

अध्यक्ष नेपालले देशभरि पार्टीको सङ्गठन विस्तार भइरहेको अब त्यो सङ्गठनलाई वडा वडा तहसम्म पुर्‍याउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्