आज श्रीकृष्ण जन्माष्टमी : कोरोनाले सुनसान कृष्ण मन्दीरहरु


 बेलबारी, १४ भाद्र । श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । आज देशैभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने गरिन्छ । 

विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता रहिआएको छ ।  

कोरोना सङ्क्रमणका कारणले यसपालि कृष्ण मन्दिरमा भिडभाड भने देख्न पाइने छैन । कोरोना सङ्क्रमण कायमै रहेकोले पुजारीद्वारा गरिने पूजापाठबाहेक अन्य भिडभाड गर्न प्रतिबन्ध लगाइएकोले पनि कृष्णमन्दीरहरु सुनसान देखिएका छन् । 

अघिल्ला वर्षहरूमा काटिएको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा दिइने सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । कोरोनाको त्रास कायमै रहेका कारणले सरकारले दिएको सार्वजनिक बिदाको सदुपयोग भने गर्न पाएनन् । 

प्रतिक्रिया दिनुहोस्