स्वरूप खतिवडा भए पहिलो सुन्दरहरैंचा सिङ्गिङ आइडल (फोटो फिचर)


अर्जुन कुलुङ राई – सुन्दरहरैंचा / सुन्दरहरैंचाको पहिलो सिङ्गिङ आइडल स्वरूप खतिवडा भएका छन् । सुन्दरहरैंचा जेसिज भवनमा शनिवार भएको “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को फाइनलमा ९ प्रतियोगीलाई उछिन्दै खतिवडा विजेता भएका हुन ।

समीक्षा घिमिरे सहविजेता, आयुष विष्ट उपविजेता भएका छन् भने रोमिका राई सान्त्वना भएका छन् । “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” का विजेताले रु.२५ हजार, सहविजेताले रु.१५ हजार र उपविजेताले रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैचाका मेयर शिव ढकालले सम्बोधन गर्दै आयोजक संस्था सुन्दरहरैंचा सांस्कृतिक परिवारलाई विशुद्ध सास्कृतिककर्मीको संस्थाको रूपमा अगाडि बढाउन आग्रह गर्दै , नगरपालिकाको सहयोग सधैँ रहने बताएका थिए ।

 

फाइनलको निर्णायक वरिष्ठ लोक गायक बालकृष्ण कार्की, संगितकर्मी भीम बस्नेत र सङ्गीत प्रशिक्षक गणेश रिजाल रहेका थिए ।

सुन्दरहरैंचा सिङ्गिङ आइडलको सुरुवात असोज १३ गते छनोट चरणबाट सुरु भएको थियो । शुक्रवार असोज १३ सुन्दरहरैंचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा र १४ गते शनिवार वाड नं. १० स्थित सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानमा भएको अडिसनबाट ९८ प्रतियोगी छनोट भएका थिए ।

छनोट चरण सकिए पछि भाद्र १७ गते मङ्गलवार प्रि सेमिफाइनलमा प्रवेश गरेका ९८ प्रतियोगीबाट ४० छनोट भए । भाद्र २१ गते शनिवार भएको सेमिफाइनलमा टप टेन प्रतियोगी छनोट भए । टप टेन मा छनोट भएका वाड नं. ३ का स्वस्तिका परियार, सुशील थापा, वाड नं. ८ का स्वरूप खतिवडा, सिमोन उराउ, सुनिल अधिकारी, निशान्त तामाङ, वाड नं. ९ का समीक्षा घिमिरे, वाड नं. १० का, रोमिका राई, आयुस विष्ट र सागर तामाङ फाइनलमा प्रवेश भए ।


फाइनलमा प्रवेश भएका १० प्रतियोगीबाट “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को उपाधिको विजेता खतिवडा बन्न सफल भएका हुन । “सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” का संयोजक विजय तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

https://youtu.be/q6RV9UtE0Vc

प्रतिक्रिया दिनुहोस्