मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक चल्दै


काठमाडौँ, १४ भाद्र । मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक चलिरहेको छ । गठबन्धनमा रहेका शीर्ष नेता बिहानैदेखि मन्त्रीपरिषद् विस्तार तथा मन्त्रालय बाँडफाँडको टुङ्गो लाउन छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई रहेका छन् ।

यसअघि आइतबार बिहान र साँझ दुई पटक बसेको बैठकबाट मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि आज पुनः गठबन्धनका नेताहरूको बैठक बसे बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्