प्रदीप नेपालले छाडे माधव नेपालको साथ


काठमाडौं, १४ भाद्र । ‘जबज’ छाडेको भन्दै नेकपा एमालेबाट एकीकृत समाजवादीमा लागेका नेता प्रदीप नेपालले माधव नेपालको साथ छाड्ने घोषणा गरेका छन् । नेकपा एमोले छाडेर नयाँ दलमा समायित भएको एक हप्ता नवित्दै उनले नेपालको साथ छाड्ने घोषणा गरेका हुन् । 

लामो समयदेखि राजनीतिबाट निष्कृय जीवन विताउँदै आएको नेपालले निर्वाचन आयोगमा पुगेर नेकपा एकीकृत समाजवादी दल गठनका लागि सनाखत गरेका थिए । उनले सामाजिक संजालमा भनेका छन् ‘माधव कमरेड, तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा !’

नेता नेपालले केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको आफूले सधैँ विरोध गरेकाले आफू ओली नेतृत्वको एमालेमा भने नजाने घोषणा गरेका छन् । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई अंगीकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्