पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फिर्ता


काठमाडौँ, १४ भाद्र । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किएका छन् । मिर्गौला पत्यारोपणका लागि भारतमा रहेका खनाल आज स्वदेश फर्किएका हुन् । 

खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी उपचारका लागि असार २ गते भारतको नयाँ दिल्ली गएका थिए । स्वास्थ्यमा सुधार भएपछि उनी स्वदेश फकिएका हुन् । 

खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका थिए । सो अवसरमा नेता खनालले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी लगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गरे ।

भारतमै उपचाररत भएका बेलामा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भयो । खनालले अस्पतालबाटै आफू नेकपा एकीकृत समाजवादीमा रहने भन्दै निर्वाचन आयोगमा सनाखत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्