देवकोटाको शालिक तोडफोड : दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग


झापा, १५ भाद्र । भद्रपुरमा महाकवी लक्ष्मीप्रसाद देवकोटाका शालिक तोडफोड भएको छ । साहित्यका धरोहर मानिने देवकोटाको शालिक आइतवार राती अज्ञात समूहद्वारा तोडफोड भएको हो । 

भद्रपुर नगरपालिका ९ स्थित प्रकाशपुरमा अढाइ दशक अघि स्थापना गरिएको शालिक सोमवार बिहान शिर काटिएको अवस्थामा फेला परेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताएका छन् । 

देवकोटाको शालिक २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले देवकोटाको अर्ध कदको सालिक स्थापना गरेका थिए । साहित्यका धरोहर देवकोटाको शालिक तोडफोड भएकोमा संरक्षण समितिले खेद व्यक्त गर्दै दोषी पत्ता लाएर कडाभन्दा कडा कारबाही गर्न प्रहरीसमक्ष अनुरोध गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्