रहेनन् वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट


काठमाडौँ, १५ भाद्र । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । प्रगतिशील फाँटमा कलम चलाउने भट्टको (आज) सोमबाट ८५ वर्षको उमेर निधन भएको हो । 

विगत केही वर्षदेखि अल्जाइमर रोगबाट पीडित भट्टको सोमवार बिहान आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टका अढाइ दर्जन जति कृति प्रकाशित छन् ।प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्षसमेत रहेका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमा समेत ठूलो योगदान पु¥याएका छन् ।

भट्टका श्रीमती, दुई छोरा र छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्