सुन्दरहरैँचामा ट्रिफरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सुन्दरहरैँचा, १६ भाद्र । ट्रिफरको ठक्करबाट सुन्दरहरैँचामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको को । दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे –२ बस्ने अन्दाजी ४३ वर्षीय वीरेन्द्र लिम्बु रहेको प्रहरीले जनाएको छ । 

सुन्दरहरैँचा नगरपालिका वार्ड नं ७ ठडीयास्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को.१ ख.६५०५ न.को गिटि लोड भएको ट्रिफरले विपरीत दिशा तर्फबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प.९१२५ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा परी घाइते भएको मोटरसाइकल चालक लिम्बूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारका क्रममा राती १० : ३० मा मृत्यु भएको थियो । 

ट्रिफर चालक बेलबारी नपा –३ बस्ने ४८ वर्षीय बुद्धिमान उराउलाई प्रहरी चौकी गछीयाको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्