कानेपोखरीबाट पेस्तोलसहित दुई जना युवा पक्राउ


कानेपोखरी, १६ भाद्र । प्रहरीले मोरङको कानेपोखरीबाट पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी -६ का वर्ष ३० का रुद्रबहादुर क्षेत्री र वर्ष ४० का पूर्णबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुवै जनालाई कोनपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्