मुख्यमन्त्री आचार्यको सरकार अल्पमतमा : प्रदेश–१ का १० सांसद नेकपा ‘एकीकृत समाजवादी’मा


मोरङ, १७ भाद्र । प्रदेश–१ मा नेकपा एमालेका १० जना सांसदहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । बुधवार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले नयाँ दलमा सनाखत गरेका सँगै आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा लगायतका सांसदहरूले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्सीय एमाले अव ४१ सदस्यमा खुम्चिएको छ । सरकार सञ्चलनका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक पर्ने हुन्छ ।

उता विपक्षी गठबन्धनमा भने नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र नेकपा एकीकृत समाजवादीका १० गर्दा ४९ सदस्य हुने छन् । 

प्रतिक्रिया दिनुहोस्