अघिल्लो सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता नरोक्ने वर्तमान सरकारको निर्णय


काठमाडौँ, १७ भाद्र  । अघिल्लो सरकारले बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । ओली नेतृत्व सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत बढाएको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले उक्त कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले बजेटमार्फत ल्याएका सामाजिक सुरक्षा भत्ताको विषयलाई यथावत् राखेर केही कार्यक्रमलाई केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेको छ । 

अघिल्लो सरकारले ल्याएका सबै कार्यक्रम विस्थापन हुने आशङ्का गरिरहेको वेलामा सरकारले पछिल्लो  निर्णयले सामाजिक सुरक्षा भत्ता बढेर आउला भन्ने आसामा बसिरहेका सबैलाई खुसी तुल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्