पहिरोले घर पुरिँदा पोखरामा पति–पत्नीसहित तीनको मृत्यु


पोखरा, १७ भाद्र । पोखरामा अविरल वर्षाले पहिरो जाँदा पती पत्नीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा –२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनीकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर श्रेष्ठ दम्पतीका तीन वर्षीय छोरा बेपत्ता छन् ।त्यस्तै आफ्नै भत्किएको घरमा परेर पोखरा महानगरपालिका–११ भन्ज्याङ नमुना टोलका ४२ वर्षीय लक्ष्य नेपालीका मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।पहिरोले घर भत्किएर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । उनकी १४ वर्षीया छोरी सृष्टिको दुवै खुट्टा र ढाडमा चोट लागेको भने श्रीमती र दुई छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

केही दिनदेखि परिरहेको अविरल वर्षाले देशैभर ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्