गढी गाउँपालिकाका वडा नं १ का अध्यक्ष चौधरीको निधन


सुनसरी, १७ भाद्र । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्कर चौधरीको निधन भएको छ । मुटुरोगबाट पीडित चौधरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको गढी गाउँपालिकाले जनाएको छ । 

गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको जनाकारी दिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । 

वडा अध्यक्ष चौधरीको निधनमा गाउँपालिकाले बिहीवार शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्