भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन


बेलबारी, १७ भाद्र । भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० वर्षीय शुक्लाको हृदयघातका कारण बिहिवार मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

भारतीय मिडियाका अनुसार राती औषधी खाएर सुतेका सिद्धार्थ बिहान नउठे पछि दरवाजा खोलेर हेर्दा उनी अचेत अवस्थामा फेला परेको र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो । तर अस्पतालले उनको बिहान ८ : ३० को आसपासमा मृत भएको घोषणा गरिदियो ।  

सन् १९८० मा मुम्बईमा जन्मिएका सिद्धार्थ सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जित पछि उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए । उनी ‘बीग बोस १३’को विजेतासमेत बनेका थिए । विगबोस पछि उनले आफ्नो क्यारियर सुरु गरेका थिए । सिद्धार्थलले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधू, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’ को समेत उपाधि जितेका थिए । 

शुक्लाको निधनले भारतीय चलचित्र जगतलाई अपूरणीय क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्