बेलबारी प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ


बेलबारी, १७ भाद्र । बेलबारी प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. –१ बस्ने वर्ष–३१ का धर्मराज पोखरेल र लत्काउलिन् इन्द्रपुर गा.बि.स.वडा नं ४ घर भई हाल विराटनगर महानगरपालिका वडा नं–१२ बस्ने वर्ष २९ का कृष्ण राजवंशी भन्ने कृष्णप्रसाद ताजपुरीया रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको बताएका छन् । पक्राउ परेका दुवैजनाविरुद्ध जिल्ला अदालत मोरङको मिति २०७३।११।२२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका पोखरेल र ताज पुरियालाई मोरङ जिल्ला अदालत विराटनगरमा बुझाएकोमा उनीहरूलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्