यमनमा दोहोरो भिडन्त हुँदा २२ सरकारी सेनासहित ६५ जनाको मृत्यु


काठमाडौँ, १८ भाद्र । यमनमा विद्रोही र सरकारी सेनाबिच झडप हुँदा २२ जना सरकारी सेनासहित कम्तीमा ६५ जनाको मृत्यु भएको छ । यमनको मारिब सहरमा विद्रोही र सरकार समर्थक सेनाबिच जारी रहेको भिडन्तको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको सरकारी सेनाका एक जना अधिकारीले समाचार एजेन्सी एएफपी बताएका छन् ।

समाचार एजेन्सीलाई जानकारी दिँदै ती सैन्य अधिकारीले झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनका साथै ४८ जना विद्रोही मारिएका छन् । ४८ घटासम्म चलेको झडपमा ५० जना घाइते भएका छन् ।

सन् २०१४ देखि नै यमनमा हुथी विद्रोहीले सरकारविरुद्ध आन्दोलन गरिरहेको छ । यो गृहयुद्धबाट हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्