एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्नेविरुद्ध प्रहरीको धडपकड


काठमाडौँ, १८ भाद्र । प्रहरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने युवाहरूको एउटा समूहलाई पक्राउ गरेको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को समूह बनाएर दूतावास अघि प्रदर्शन गरिरहेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

युवाहरूले एमसीसी चाहिँदैन, गेट आउट एमसीसी जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूले प्रदर्शन गरेका थिए । अर्को साता एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउने कार्यक्रम रहेको र साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स आउने नजिक हुँदै गर्दा युवाहरूले एमसीसीको विपक्षमा सक्रियता बढाउन थालेका छन् । 

आम नेपालीहरू एमसीसीको विरुद्धमा रहे पनि राजनैतिक दलका प्रमुख नेताहरू भने एमसीसी पास गराउने पक्षमा लागेको आरोप लाग्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्