पर्वतमा पहिरामा परेर एकै घरमा पाँचजनाको मृत्यु


पर्वत, १८ भाद्र । अविरल वर्षा पछि गएको पहिरोमा परेर पर्वतमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । आज बिहान कुस्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले स्थानीय माधव शर्माको घर पुरिँदा परिवारकै पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार माधव शर्माकी ७५ वर्षकी आमा कौशिला पौडेल, ३५ वर्षीय श्रीमती भगवती पौडेल, दुई छोरीहरू १६ वर्षकी विमला र ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो । 

यसैगरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको प्रदेश प्रहरीका डिएसपी मीनबहादुर घलेले बताए । साथै कुस्मा–११ पकुवा ताल्चेमा पनि पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।

पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोका कारण बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ ।

प्रतिक्रिया दिनुहोस्