विवाद बढेपछि एमालेनिकट कानुन व्यवसायीको भेलामा गएनन् ओली


काठमाडौँ, १८ भाद्र । पछिल्लो सम्झौता विपरीत आयोजना गरिएको कार्यक्रममा जाँदा पार्टीको एकता प्रक्रियालाई असर पुग्ने भनेर विरोध भए पछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिकट कानुन व्यवसायी सङ्गठन (पीपीएलए)ले आयोजना गरेको भेलामा जाने कार्यक्रममा नजाने निर्णयमा पुगेका छन् । 

संझौताविपरित एकपक्षीय रूपमा बोलाइएको भेलामा जाँदा विवाद बढ्ने, एकता प्रक्रियामा असर पुग्ने बताए पनि पार्टी अध्यक्ष ओलीले अन्तिम समयमा आएर नजाने निर्णयमा पुगेका हुन् । एमाले निकट पेसागत तथा प्रगतिशील कानुन व्यवसायी सङ्गठन (पीपीएलए) ले शुक्रवार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो । उक्त भेलालाई ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो ।  

असार २७ मा भएको १० बुँदे सहमतिको भावनाविपरित एकता प्रक्रियामा असर पर्ने गरी अर्को पक्षले अध्यक्षलाई थाहै नदिई भेलाका कार्यक्रम राखेपछि विवाद भएको, विवाद भएको कार्यक्रममा जाँदा असर पुग्ने देखे पछि ओली नगएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्