महेश बस्नेतलाई कटाक्ष गर्दै देउवाले भने ‘बस्नेत जी पहिला जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउनु त होस्’


काठमाडौँ, १९ भाद्र । एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको केही दिन बित्न नपाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमै पुगेर बस्नेतको उक्त भनाइलाई लक्षित गर्दै आफूलाई होइन पहिला भक्तपुरका आफ्ना पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् । 

पार्टी सभापति देउवाले शुक्रवार भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै बस्नेतलाई यस्तो चुनौती दिएका हुन् । देउवाले भने ‘बस्नेतजीले मलाई हराउँछु भन्नु भएछ । मलाई होइन भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर त देखाउनुस् ।’

 केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताउँदै भक्तपुरमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रूपमा विजय हासिल गर्ने दाबी गरेका थिए । साथै उनले आगामी निर्वाचन पछि भक्तपुरमा काँग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्