कक्षा १२ का परीक्षार्थीलाई कोरोनाको खोप : बेलबारीका ६ सय भन्दा बढी विद्यार्थीलाई खोप दिँइदै


बेलबारी, १९ भाद्र । कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई यही भदौ २० र २१ गते कोरोनाको पहिलो चरणको खोप लगाइने भएको छ । भाद्र महिनाको अन्तिममा हुने परीक्षालाई मध्यनजर गरेर खोप दिन लागिएको बेलबारी नगरपालिकाले जनाएको छ । 

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले १२ कक्षाका परीक्षार्थीहरूका लागि कोभिड १९ विरुद्धको पहिलो चरणको भेरोसिल खोप लगाउने तयारी भएको बताएका छन् । विद्यार्थीले बेलबारी नगरपालिकाले खोप कार्यक्रमका लागि निर्धारण गरेका स्वास्थ्य संस्थामा गएर कोरोना खोप लगाउन सक्ने छन् ।

यस प्रयोजनका लागि वडा नं २ मा रहेको शिक्षा सन्देश इ स्कुल, वडा नं ३ मा रहेको भगवती मावि, वडा नं ४ मा रहेको कसेनी मावि, वडा नं ५ मा रहेको धनपाल मावि, वडा नं ९ मा रहेको काली मावि र जनता मावि, वडा नं १० मा रहेको धिरनाथ मावि र वडा नं ११ मा रहेको लक्ष्मी मावि लगायतका विद्यालयलयका लागि छुट्टाछुट्टै खोपकेन्द्र निर्धारण गरिएको छ ।

यो कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाका ८ सय बढी विद्यार्थीहरूलाई कोरोना खोप लगाउन पाउने छन् । कक्षा १२ को परीक्षा दिने विद्यार्थीले आफ्नो प्रवेश पत्रको आधारमा कोरोना खोप लाउन पाउने नगरपालिका जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्