एमसीसी कुनै पनि हालतमा पास हुनु हुँदैन : भीम रावल


काठमाडौँ, १९ भाद्र । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपालको हितमा नभएको बताएका छन् । गृह जिल्ला अछामका कार्यकर्ताहरूसँग शनिवार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले नेपालको संविधानभन्दा माथि राखेर गरिएका सम्झौता देशका लागि एकदमै घातक रहेकोले त्यस्ता सम्झौता गर्न नहुने कुरामा जोड दिएका छन् । नेता रावलले कार्यकर्तालाई संवोधन गर्दै भने ‘नेपाल अहिलेसम्म कसैको उपनिवेश बनेको छैन । बेलायतको समेत नेपाल उपनिवेश बनेको थिएन । तर नेपाललाई अमेरिकाले एमसीसीमार्फत उपनिवेश बनाउँछ ।’

विगत देखि नै एमसीसीको विरुद्धमा रहेका नेता रावलले यस्ता सन्धि तथा सम्झौताको बारेमा सबै नेपालीले बुझ्न पाउने हक रहेको बताउँदै एमसीसीको बारेमा संसद्मा बहस हुनु पर्ने बताएका थिए । साथै नेता नेपालले एमसीसी नेपालको हितमा नभएकोले यो कुनै पनि हालतमा पास हुनु नहुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्