भदौ २३ का लागि संसद् अधिवेशन बोलाउन सिफारिस


काठमाडौँ, १९ भाद्र । सरकारले भदौ २३ गतेका लागि संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को शनिवार बसेको बैठकले संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २३ गते अपराह्न ४ बजे संसद्को दुवै अधिवेशन बोलाउने निर्णय भएको बताएका छन् ।

संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । यही संवैधानिक व्यवस्था अनुसार सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस्