नेपाल–चीन सीमाबारे अध्ययन गर्न समिति निर्माण


काठमाडौँ, २० भाद्र । सरकारले नेपाल–चीन सीमाबारे अध्ययन गर्न समिति गठन गरेको छ । भदौ १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल चिन सीमाबारे अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समितिको निर्माण भएको हो ।  

गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहने छन् । यता प्रतिपक्षी दल नेकपा एमालेले भने चिन नेपालबिच कुनै सीमा विवाद नभएको, वर्तमान सरकारले एउटा पक्षलाई खुसी पार्न यस्तो काम गरेको आरोप लाएको छ ।

उता नेपालस्थित चिनियाँ दूतावासले पनि नेपालसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्