अटोसहित बगेर बेपत्ता भएकी बालिकाको शव फेला


उदयपुर, २१ भाद्र । बाढीले बगाएर आइतवार भएकी बेपत्ता बालिका मृत फेला परेकी छिन् । आइतवार बिहान ७ बजे स्थानीय भालु खोलामा बगेर बेपत्ता भएकी त्रियुगा नगरपालिका–७ चुहाडेकी १३ वर्षीय याशिका राईलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । 

एक्कासी आएको बाढीले अटो रिक्सा बगाउँदा बालिका पनि बगेर बेपत्ता भएकी थिइन । बाढीले परिवारका ३ जना सदस्यलाई बगाए पनि  दुई जना निस्कन सफल भएका थिए । बगेको अटो भने अटो ५ सय मिटर तल फेला परेको थियो । तर बालिकालाई भने घटनास्थलभन्दा ८ किलोमिटर दक्षिण त्रियुगा नगरपालिका ९ गहिरुनस्थित त्रियुगा खोलामा जमेको पानीमा मृत अवस्थामा फेला परेकी थिइन् । 

बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी कमाण्डको टोली प्रयोग भएको थियो । बेपत्ता बालिकालाई प्रहरीले घटनास्थलभन्दा ८ किलोमिटरभन्दा तल मृत अवस्थामा फेला पार्‍यो । प्रहरीले शव बालिकाका आफन्तलाई जिम्मा लगाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्