दुहबीमा १० वर्षीय बालिका बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ


इटहरी, २१ भाद्र । सुनसरीको दुहबीबाट १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेको प्रहरीले जनाएको छ । 

सहनीले गाउँकै १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना भदौ १५ गतेको भएको, घटनाको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्