अवैध गाँजासहित बेलबारीबाट एक जना वृद्ध पक्राउ


बेलबारी, २२ भाद्र । प्रहरीले बेलबारीबाट अवैध गाँजासहित एक जना बृद्धालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ८ बलुहीका ७४ वर्षीय भलिबाल सहनी रहेको प्रहरीले जनाएको छ । 

सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । विशेष सूचनाका आधारका सोमबार दिउँसो १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले उनलाई अवैध ७ केजी ४४५ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीउपर इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्