सुदूरपश्चिममा दुई जना मन्त्रीले दिए राजीनामा


धनगडी, २२ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

यस अघि नेपाल समूहमा रहे पनि माधव नेपालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरे पछि एमालेमै रहेका दुवै जनाले राजीनामा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्