संघीय संसद्को नवौँ अधिवेशन आजबाट सुरु हुँदै


काठमाडौँ, २३ भाद्र । संघीय संसद्को नवौँ अधिवेशन आजबाट सुरु हुँदै छ । आजको अधिवेशन यसअघि दर्ता गरेका बजेटसहितका १५ वटा अध्यादेशमा केन्द्रित हुने देखिएको छ । 

संसद्को आठौँ अधिवेशन सुरु भएको पहिलो दिन साउन ३ मा दर्ता भएका अध्यादेशहरू भदौ ३० सम्म निर्णय नगरिए स्वतः खारेज हुने देखिएका थिएका छन् । यही अवस्थालाई मध्यनजर गरेर नै सरकारले आजबाट संसद् अघिवेसनको आह्वान गरेको देखिन्छ । अधिवेशनको पहिलो दिन आज (बुधवार) यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेबल गर्ने आजको कार्यतालिका रहेको छ ।

अध्यादेशलाई संसद्ले स्वीकार गरे सरकारले प्रतिस्थापन विधेयक ल्याउनु पर्ने हुन्छ भने अस्वीकार गरेमा अध्यादेश स्वतः खारेज भएको मानिने छ ।  यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सरकारले आफूहरूसँग सल्लाह नै नगरी  कार्य सूचि प्रस्तुत गरेकोले संसद्मा अवरोध गर्ने तयारी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्