निजामती सेवा दिवस २०७८ को प्रथम पुरस्कार तेह्रथुमकी रेजिनालाई


तेह्रथुम, २४ भाद्र । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसको अवसर पारेर आयोजना गरेको कविता प्रतियोगितामा तेह्रथुमकी रेजिना आपगाईँले प्रथम स्थान हासिल गरेकी छिन् ।

निजामती सेवा दिवस ०७८ को अवसरमा आयोजित खुला कविता प्रतियोगितामा ‘इच्छा’ शीर्षकको कविताका साथ तेह्रथुमकी आपागाई प्रथम भएकी हुन् । यस्तै, खोटाङका प्रकाश आचार्य द्वितीय र उदयपुरकी भवानी खतिवडा तृतीय भएका छन् ।

प्रथम हुनेलाई २५ हजार द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साहित्य साँधनामा रमाउने आपगाईँ पछिल्लो समय उत्कृष्ट साहित्यिक रचनाकासाथ तेह्रथुमको प्रतिनिधित्व गरिरहेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्