एमसीसी उपाध्यक्ष फातिमाले सुरु गरिन् राजनीतिक भेटघाट


काठमाडौँ, २४ भाद्र । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले राजनैतिक भेटघाट सुरु गरेकी छिन् । कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौँ उत्रिएको फातिमासहितको टोलीको राजनीतिक भेटघाट सुरु गरेको हो ।

टोलीले पहिलो भेट भने पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गरेको छ । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससमेत रहेका छन् ।टोलीले आजै याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल) को निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

टोलीले आजै प्रधानमन्त्री देउवासँग पनि भेट गर्ने र त्यसपछि अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहको बताइएको छ । 

एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । यता राजनैतिक पार्टी र जनस्तरमा भने एमसीसीको व्यापक विरोध भइरहेको छ । एमसीसी नेपालको हितमा नरहेको भन्दै सम्झौता नगर्न जनताले दवाव दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्